वि.सं:
नेपाल संवत: ११४५ गुलागा नवमी - २४
प्रदेशको आर्थिक उत्थानको लागि पिछडिएको क्षेत्रलाई समेट्दै सम्पूर्ण भौगोलिक क्षेत्रलाई समेट्दै दिगो रुपमा सडक तथा पुलको विकास गर्नु यस यातायात पूर्वाधार निर्देशनालयको प्रमुख उद्देश्य हो । यातायात पूर्वाधार निर्देशनालयले देहायका विषयलाई प्राथमिकता दिइ बागमती प्रदेशमा सडक सञ्जालको विकास गर्नेछ । क. सडक मर्मत संभारलाई विशेष प्राथमिकता दिइ सडक सञ्जाललाई प्रभावकारी बनाइ राख्ने। ख. प्रदेश सदरमुकामदेखि जिल्ला सदरमुकाम र स्थानीय तहको केन्द्रसम्मको सडक सञ्जाल गुणस्तर युक्त बनाउने । ग. प्रादेशिक सडक सञ्जाललाई सुधार गरी यात्राको लागि सुरक्षित भरपर्दो कम खर्चिलो बनाउने । घ. प्रदेशको समष्टिगत सामाजिक तथा आर्थिक विकासको लागि एकिकृत यातायात प्रणालीको निर्माण गर्ने ।