वि.सं:
नेपाल संवत: ११४५ गुलागा नवमी - २४
“यातायात पूर्वाधार निर्देशनालय (Transport Infrastructure Directorate- TID)” वि.सं. २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी बागमती प्रदेशभित्रका सार्वजनिक सडक (प्रदेश द्रुतमार्ग, प्रदेश लोकमार्ग, प्रदेश मार्ग, प्रदेश शहरी मार्ग तथा अन्य परिवहन मार्ग) र पुल जस्ता परिवहन पूर्वाधारहरूको विकास गरी प्रदेशको विभिन्न भौगोलिक र आर्थिक क्षेत्रहरूलाई प्रदेशीय रणनीतिक परिवहन नेटवर्कमार्फत जडान गरेर प्रदेशको आर्थिक र सामाजिक विकासमा सुधार ल्याउने उद्देश्यका साथ प्रदेश सरकारको केन्द्रीय निकायका रुपमा स्थापना गरिएको हो। निर्देशकालयको मुख्य भूमिका भनेको भौतिक पूर्वाधारहरू जस्तै सडक, सडकपुल, झोलुङ्गेपुलहरूको विकाससँग सम्बन्धित नीतिहरू, योजनाहरू र कार्यक्रमहरूको तर्जुमामा मन्त्रालयलाई सहयोग गर्नु तथा यसको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन एवं निरीक्षण गर्नु हो।